इन्टरनेटको
दुनिया भनियतापनी अझै पनि विश्वको धेरै मानिस
इन्टरनेटबाट वन्चित छन भने प्रयोग गरिरहेका मानिस, यसको स्पीड र महङ्गो भएका कारण सन्तुस्ट छैनन्। इन्टरनेट सेवामा हाम्रो देशको कुरा झनै कहालीलाग्दो छ।
इन्टरनेट, विश्व भर सर्बसुलभ
बनाउन इन्टरनेट कम्पनी गुगलको
"गुगल एक्स" ल्याबले "लुन" नामक प्रोजेक्ट सुरु गरेको छ। "लुन" प्रोजेक्ट अन्तर्गत बेलुन मार्फत विश्वभर इन्टरनेट सेवा पुर्याइनेछ। उक्त प्रोजेक्ट जुन २०१३
मा न्युजिलैण्ड मा सफल परिक्षण गरिएको थियो। हाल आएर यसलाई बैज्ञानिकहरु मजबुत बनाउन लागि परेका छन। यस अन्तर्गत विश्वभर 3G सरहको सेवा प्राप्त हुनेछ।
आखिर के हो त "लुन प्रोजेक्ट” र यसले कसरी
दिन्छ त इन्टरनेट सेवा ?
पृथ्वीको सतहदेखि झण्डै
"२० कि. मि." माथि आकाशमा अत्याधुनिक प्रबिधी बाट बनाइएका बेलुनहरु
राखिने छ, उक्त बेलुनहरुमा सोलार जडान गरिने छ, जसबाट बेलुनमा राखिएका उपकरण सञ्चालन हुनेछन। बेलुनमा
ब्याट्री, बेलुनहरु बिच लिन्क गर्ने रेडियो एन्टेना साथै पृथ्वीमा रहेका ISP र घरहरुमा रहेका एन्टेना सग लिन्क गर्न सेक्टर एन्टेना रहनेछन।
बेलुन तथा
बेलुनमा रहेको डीभाइसको कन्ट्रोल पृथ्वीबाटै गरिने छ। अझै पनि विश्वका प्रख्यात मानिएका इन्टरनेट तथा मोबाइल
प्रदायक कम्पनीले घना आवाधी भएका क्षेत्र बाहेक महासागरिय क्षेत्र, दुर्गम क्षेत्र, हिमाली क्षेत्र तथा ठुला जङ्गलमा दिन सकेका छैनन् । तर
यस प्रबिधीमा प्रयोगकर्ताले जुनसुकै ठाउबाट बिशेष प्रकारको एन्टेना मार्फत इन्टरनेट सेवा प्राप्त
गर्नेछन।
RSS Feed
Twitter
Facebook
Monday, January 06, 2014
Samin Timilsina
