Showing posts with label साहित्य. Show all posts
Showing posts with label साहित्य. Show all posts
 संसदीय निर्वाचनमा भक्तबहादुुरलाई जिताउनका लागि के मात्रै गरेनौं र ! भैंसी काटेर गाउँलेलाई भोज खुवाइएन कि ! दलले दिएको पैसा गाउँलेलाई बाँडिएन कि ! त्यतिमात्र कहाँ हो र ! मतदानकेन्द्र पूरै कब्जा गरेर विपक्षीलाई भोट हाल्नै दिइएन, हामीले दिएको नोट लिनेहरुलाई कम्तिमा चार पटकसम्म भोट हाल्न लगाइयो । हुन पनि भक्तबहादुरको आफू सांसद भएपछि कम्तिमा तीन महिनामा एकचोटि आएर गाउँका पीडा सरकारसमक्ष पेस गर्ने प्रतिबद्धता हाम्रो कानमा गुञ्जिरहेको थियो । मानौं, भक्तबहादुरको अन्धोभक्त नै थियौं हामी । भक्तबहादुर अत्याधिक बहुमतले विजयी भएर सांसद बने  । सरकारमा उनकै दल गयो ।

            हामीले चुनावको नतिजा घोषणा हुनासाथ विजयजुलुस निकाल्यौं । मध्य रातमा मस्त निदाएका गाउँलेहरुलाई जुलुसमा लिएर हिंडियो । भोलिपल्ट भव्य भोज भयो । अब तीन महिना बित्न पनि हाम्रा लागि तीन वर्षजत्तिकै लाग्न थाल्यो । तीन महिना बित्ला र वर्षौंअघि गाडिएको विजुलीको खम्बाले मूर्तरुप पाऊला भन्ने आशा थियो हामीमा । हामीमा वर्षौंअघि हिउँदमा ट्रयाक्टर हिंड्ने गरी बनेको कच्ची सडकमा कम्तिमा बस जान सक्ने होला भन्ने भरोसा थियो । तीन, छ, नौ, बाह्र हँदै धेरै महिनाहरु बिते तर भक्तबहादुरको पाइला गाउँतिर सोझिएन । उनका लागि चुनाव प्रचारप्रसार गर्ने अभियानमा सक्रिय हामी दुुईचार जनालाई सोझा गाउँलेहरु राजनीतिक चेतनाका साथ गाली गर्न थाले, सबै आक्रोश पोख्न थाले । त्यसपछि हामी नै सोंचमग्न भयौं र छलफलमा जुट्यौं । छलफलबाट निष्कर्ष निस्क्यो– गाउँको विद्यालयको वाषर््िाकोत्सवमा प्रमुख अतिथि बनाएर सांसद भक्तलाई बोलाउने र सबै आक्रोशहरु पोख्ने ! प्रस्ताव लिएर हामी गयौं सांसद निवासतर्फ । तर, बिडम्बना ! सांसद भक्तबहादुर अहिले फुुर्सद नभएको र एक महिनापछि आफैं आउने आश्वासन दिएर हाम्रो टोलीलाई फिर्ता पठाउन सफल भए । गाउँलेहरु त्यसै थचमरिन बाध्य भए ।
        
             ठ्याक्कै आठ वर्षपछि भक्तबहादुर गाउँ आए । कतिपयले उनलाई ठम्याउन सकेनन् । उनी पहिलेजस्तो सुईखुट्टे थिएनन् । उनको काया पूरै फेरिएको थियो । चिन्नेहरुले पनि नचिनेको अभिनय गरे । यसपालि  उनले गाउँमा न घोषणापत्र छर्न पाए, न त प्रतिबद्धता गर्न नै भ्याए किनकी  भक्तबहादुरको  अन्धोभक्त भएबापत पाएको सास्तीबाट उनीहरुमा राम्ररी चेतनाको बिजाङ्कुरण भइसकेको थियो । 


        
                                                               – रुपिन्द्र प्रभावी ‘कटु’
                                                 समिभञ्ज्याङ्ग–५,लमजुङ हालः पोखरा






भ्यालेन्टाइन डे, अर्थात प्रणय दिवस । कहाँवाट कसरि शुरु भयो, कथा हाल्न आवश्यक नहोला । हेर्दाहेर्दै नेपालमा पनि भ्यालेन्टाइन डे को चर्चा निकै चल्न थालेको छ । कहिलेवाट कसरि छिर्यो नेपालमा भ्यालेन्टाइन डे, तर पनि जहाँवाट जसरि छिरेपनि युवापुस्ताविच यो दिवसले लोकप्रियता पाउँदै गएको छ ।

१४ फ्रेव्रवरी आएपछि म जहिले पनि मेरा ति मित्रलाई सम्झने गर्दछु । उनले आफ्नी प्रेमीकालाई प्रेम प्रस्ताव राख्दाको क्षण । भित्रैवाट माया गर्थे उनी, उनलाई । तर भन्न नसक्ने । सायद सच्चा माया गर्नेहरुको कमजोरी यहिनै होला । मुखै खोलेर भन्न नसकेपछि उनले पत्र मार्फत आफ्नों भावना प्रकट गर्ने विचार गरे । पत्रमा आफ्ना भावनाहरु पोखे । फेरी त्यो पत्र आँफैले उनको हातमा हाल्न पनि कहाँ सके र ? साथीलाई गुहारे त्यसका लागि । साथीले पनि वहादुरीका साथ त्यो प्रेम पत्र उनकै हातमा हालिदिने वाचा गरे । तर.......जव ति मित्र उनको सामु पुगे, डरले थरथरी काप्दै जसोतसो खल्तिवाट झिकेर उनको हातमा थमाइदिए । तर उनले, उनको हातमा वलवान सुर्ती दिएका रहेछन् । यो कुरा धेरै पछि थाह भयो । उनले अर्को खल्तिमा प्रेम पत्र राखेका रहेछन् । विचरा मेरा ति मित्र । वलवान सुर्तिले पनि काँहि भावना व्यक्त हुन्छ ? कसरी लभ परोस विचराको ।

वास्तवमा म तिमिलाई माया गर्छु भन्न पनि सजिलो छैन । अनि आइ लभ यु भनेर भन्दैमा फेरी त्यसको अर्थ रहि हाल्ला भनेर भन्न पनि नमिल्ला । कुरै गर्ने हो भने कसैले कसैलाई माया गर्नु आइ लभ यु भन्नु वा म तिमिलाई माया गर्छु भन्ने अभिव्यक्ति संग जोड्न नमिल्ला । ‘माया’ भन्ने कुरा होइन गर्ने हो । कसैलाई माया गर्दा भनेर गर्न आवश्यक छैन । माया पाउनेले अनुभुति गर्ने कुरा हो यो । तर अहिले आइ लभ यु भनेपछि माया वस्यो । उसले पनि आई लभ यु टु भनेपछि सकियो । अनि..... डेटिङ्ग ।

प्रसंग भ्यालेन्टाइन डे को । कसैलाई प्रेम प्रस्ताव राख्न वा माया गर्न वा मायाको शुरुवात गर्न भ्यालेन्टाइन डे को आवश्यक पर्छ जस्तो लाग्दैन । यो जहिले जहाँ जो संगपनि हुन सक्छ । अर्को एक वास्तविक प्रसंग–अफिस तिर जाँदै गर्दाको दृष्य । एक जोडि विहानै सायद पोखराको वसुन्धरा पार्क तर्फै लागेका थिए । एकले अर्काको कम्मरमा पछाडिवाट हात जोडेर । दिनभर उनीहरुले प्रणय दिवस मनाए कसरि, कसरि । झिसमिसे साँझमा फर्कने वेलामा उनीहरु झगडा गर्दै थिए । सडकमै । म पनि अफिसवाट फर्कदै थिएँ । यो कस्तो प्रणय दिवस ?? साँस्कृती, विकृती वा रमाइलो ????

Dambar Poudel
समुन्द्रको छाल जस्तैः , तरंग भो मन
बिबसताले बाधी ल्यायो , के गर्नु लौ भन ?
छाती चिरी देखाइदिन्थे , मुरी मुरी माया
निदाउदा नि सपनिमा , देख्छु तिम्रै छायाँ |

गैह्रीखेत मिर्मिरेमा , चलिरहने बतास
कामै पाइन स्वदेशमा , मन भयो हतास
छोरा छोरी स्कुलमा ,अस्पतालमा आमा
हात मुख जोर्नै पर्ने , बालबच्चालाई जामा |

डाडा पाखा रमाइला छन् , हरिया छन् बन
सोचि आए बिदेशमा , कमिन्छ कि धन
साहुको ऋण तिरिसके , अब फिर्नु पर्ला
दु:ख जिलो गर्दा त्यहा , दुई छाक अब टर्ला |

तातो घाम दिनभरी , पोले पनि छाती
संगाल्नेछु मेरी प्यारी , जीन्दगीको पाटी
बरु खान्छु साग सिस्नो , नेपाल आफ्नै घर
खानी खोस्री उब्जाई अन्न , पर्छु त्यही भर ||

उडिरहेका ती भुवाहरु सोच्दाहुन्
भ्यागुतको लागि कुवाहरु सोच्दाहुन्...
के पायौ र छोरो जन्माएर हामीले?
हेपिएका आमा-बुवाहरु सोच्दाहुन्....
ठक्करहरु आइरहन्छन जिन्दगीमा!
बगरसगै बालुवाहरु सोच्दाहुन्.....
जे जस्तो भए पनि देश त देश हो
यी बारालिएका युवाहरु सोच्दाहुन ..@Babu Tirpathi



  • मोरी घरभेटिकि छोरि
    उत्ताउली,मसक्कली मोरी

    यता हेरे उता हेर्छे उता हेरे यता
    जबानिले उर्लेकी छे नखर्मौली मोरी

    यसो हेरे जिस्काउछे,पर्ल्लक-पुर्ल्लुक गर्छे
    चुइगम पड्काउदै कानै नेर आउछे मोरी

    बाउको आखा छली भने के-के गर्छे
    मेरै रुममा आउछे अनि राजा मलाइ भन्छे

    जबानीको मदहोसिमा डुबेकी छ मोरी
    डिस्को जान्छे ,बियर खान्छे ,मुख ल्याएर मेरै गालामा जोत्छे

    डार्लिंग,डियर,राजा,बाबा के-के भन्छे-भन्छे
    कलेज हिड्छे,फिलिम हाल जान्छे .मोरी

    पिजा,बर्गर खानै पर्ने कस्तो होला बनि ?
    मोरी घरभेटिकि छोरि .....

धेरै धेरै माया खोजे, तिरस्कारले चोट दियो
जीवन दिने एउटै रैछ, यही मलाई प्यारो लाग्यो
याद आउँदा उसको जब, मेटिदिन तँ नै आउँथिस्
कहिले लरबराउँदै हिंड्ने, कहिले बादलसंगै उड्ने
न त दिनको भोक प्यास, न त रातको निद्रा
याद अब छैन उसको, मात्र यसको आशा
रहेसम्म जीवन मेरो, यही एउटा माया भयो
भुलिदिंदा सारा संसार नशा नै मलाई प्यारो लाग्यो.

तेरो मेरो लुछाचुडी च्याट्टै छोडे की त नेताहरु,,
देशका निम्ति हातमा हात जोडे की त नेताहरु,,

हल्ला सुन्छु फेरी एउटा सहमति गरे अरे,,
एक-अर्का बिचको दिबार फोडे कि त नेताहरु,,

सधै भन्छन गम्भिर छौ सहमति खोजि रा'छौ,,
असहमतिको शृंखला तोडे कि त नेताहरु,,

तिथि मिति तोकी फेरी अपुरा काम पुरा गर्न,,
संबिधानमा आफ्नो ध्यान मोडे कि त नेताहरु,,


रातभर सपना बुनेर बसें
कहाँ के मिलेन कुन्नि !
बिहानभर मिलाई बसें

कुनै बेला आकार न मिले झैं
कुनै बेला यसका बुट्टा
म दिनभर सपना केलाई बसें

कुनै बेला रंग न मिलेको झैं
कहाँ कसरी खुइलिए कुन्नि !
हातभरि रंग रंगाई बसें

कुनै बेला उदास लागे
कुनै बेला निरास लागे
आँखालाई कुराई बसें

गोधुली साँझ रंगहीन फुश्रो
रात डरलाग्दो झं अँध्यारो
फेरि सपनालाई बोलाई बसें

....रातभर सपना बुनेर बसें
कहाँ के मिलेन कुन्नि !
बिहानभर मिलाई बसें .....

लगाउँदिन माया भन्दा बबाल उस्तै उस्तै
आँफै दिन्छौ धोका अनि सबाल उस्तै उस्तै

मन बहकाउने साथी अर्को नभेटुन्जेलसम्म
फकाउन लायौ अनेक दलाल उस्तै उस्तै

हुन खोज्थेँ जब टाढा, सताउन मलाई
खोज्यौ आँफैलाई गर्न हलाल उस्तै उस्तै

अर्कोलाई बिर्साउन मलाई रोज्या' रैछौ
देखाउन राख्यौ फोटो, कबाल उस्तै उस्तै ।

मुक्तक
फाली छोडी सियो रोज्ने कस्तो बानी तिम्रो
गुदी दीदा बियो रोज्ने कस्तो बानी तिम्रो

अपूर्ण भै के को नै काम आउछ र ?
बिना तेल को दियो रोज्ने कस्तो बानी तिम्रो


तिन दसक देखी
आजसम्म कबिता लेखिरहेछु
विस्मित भएर कहिलेयै लेखिन
म फैलिएको देखेर
उसले
मलाइ सिफलको रुखमा
उदोमुन्टो लगाएर झुन्दायीदियो
चारै तिर बाट
म माथि आक्रमण गरिरहेछन
धेरै कबिता लेखनु पर्ने बेला
एउता बाजले
नराम्रो संग ठुंगो
म आफनै काममा ब्यस्त भएको बेला
मेरो टाउकोमा
ढुंगा प्रहार गर्यो
घाइते बनाउन

मेरो घरमै आएको छैन
कसरी मेरो अनुसन्धान गर्यो
उसको किताब हेरेर
तिन बल्दयंग खाए
जसलाई म प्रति दया छैन
मेरो सिष्टाचार कसरि गर्न सक्क्छ
म दर्सन मा विश्वास गर्ने मान्छे
मेरो मुटुले
कसरी पत्याउने
उसले मलाइ कसरी गोडयो
खिन्न अनुभब गरे
केहि मान्छे दंग थिए
उसको सैलिमा तरर तालि बजाए
मेरा कामहरुमा
म निकै ब्यस्त थिए
सिल्लीहरु मलाइ झम्ती रहेका थिए
भर्खरमात्र पसेका मुसाहरुले
मालेमा कुरा गर्दा
चित्त दुख्यो मेरो
सोचे गम्भीर भएर
होशियारिपुर्बक अघि बद्नेछु
मैले दिएको पुस्तक बाट सारेर
ऊ अन्बेस्क बनिरहेछ
मलाई लाज लागो
घनता घर निर मुख छोपे
सबै केटाहरु
मेरो अगाडी धुवाझई उडिरहे
म आफनै ताल मा दगुरिर्हे
उसले दिएको दुखः हरु
सहदै
ति मान्छे हरुलाई भने
अझै कसको गल्ति हो
अन्बेसंन गर