
मोबाइल टेलिफोनको प्रयोगबाट आपराधिक क्रियाकलाप, धम्की, फिरौती रकम माग्ने जस्ता प्रवृत्ति व्यापक रूपमा बढेपछि सरकारले मोबाइल टेलिफोन कम्पनीहरुलाई शंकास्पद नम्बर प्रयोग भएको स्थान पत्ता लगाउने प्रविधि किन्न निर्देशन दिएको छ । आपराधिक क्रियाकलापमा मोबाइल टेलिफोनको प्रयोग वढि भएको देखिएपछि हालै मुख्यसचिव भोजराज घिमिरेले नै टेलिफोन सेवा प्रदायक कम्पनीहरुलाई बोलाएर त्यस्तो सफ्टवेयर किनेर प्रविधि जडान गर्न निर्देशन दिएको जनाइएको छ । नेपाल टेलिकम, स्पाइसएसटिएम सञ्चारका सहित चारवटै मोवाइल सेवा प्रदायक कम्पनिका प्रतिनिधि सहभागी उच्च अधिकारीले सरकारको निर्देशनअनुसार आपराधिक घटना रोकथाम गर्न त्यस्तो प्रविधि जडान गर्ने प्रतिवद्धता जनाएका थिए । नेपाल, युटिएलआपराधिकक्रियाकलापमासंलग्नले मोबाइलटेलिफोनलाई दुरुपयोगगरेर धम्क्याउने अपहरण गर्ने गरिरहदा पनि कहाँ बसेर सम्पर्क भइरहेको छ भनेरपत्ता लगाउने उपकरण अहिलेसम्म मोबाइल टेलिफोन कम्पनीहरुले राखेका छैनन्। हालै ख्याति हत्या प्रकरणमा पनि अभियुक्त विरेन प्रधानले मोबाइल फोनकोप्रयोग गरेर फिरौती रकम असुलेका थिए । मोबाइल फोनबाट तथानाम गाली गर्ने धम्की दिने अपहरणकोयोजनासमेत बनाउने प्रहरीको विभिन्न अनुसन्धानले देखाएको छ । नेपाल टेलिकमसंग मात्र आपराधिकक्रियाकलापमा प्रयोग भएको आशंकामा प्रहरीले दैनिक कम्तीमा आधा दर्जन मोबाइल फोनका ग्राहकको विवरणमाग्ने गरेपनि कुन मोबाइल कहाँबाट प्रयोग भैरहेको छ भन्ने विषयमा भने जानकारी दिन टेलिकमसँग सफ्टवेयरछैन। स्पाइस नेपालले भने केही समयअघि देखिनै यस्तो सेवा सुरु गरिसकेको छ। मेरो मोबाइलको प्रयोग गरेरविशेषगरी तराईमा धम्की फिरौती असुली हुन थालेपछि यो कम्पनीले प्रविधि जडान गरेको हो । यो उपकरणलेशंकास्पद मोबाइल नम्बरबाट भएका कुराकानी स्वचालित रुपमा रेकर्ड समेत गर्नेछ। विदेशमा मोबाइल सेवाप्रदायकहरुले सुरुमै यस्तो उपकरण जडान गरेका हुन्छन् । यद्यपी नेपालकै सबैभन्दा ठूलो र धेरै मोबाइलका ग्राहकरहेको नेपाल टेलिकमले भने अहिलेसम्म यस्तो सफ्टवेयर राखेको छैन ।‘सरकारको निर्देशनअनुसार टेलिकमलेयस्तो उपकरण किन्ने प्रक्रिया अघि बढाइसकेको छ’- टेलिकमका एक उच्च अधिकारीले भने ।
RSS Feed
Twitter
Facebook
Saturday, May 01, 2010
Samin Timilsina
Posted in
0 comments :
Post a Comment