शिवरात्री पर्व भगवान् शिवको पूजा तथा आराधना गरी नेपालभर मनाइँदैछ । हिन्दु धर्मका अनुसार शिवजी उत्पत्ति भएको रातबाट यो पर्व शुरु भएको मानिन्छ । यसलाई कालरात्रि, मोहरात्री, सुखरात्री र शिवरात्रीजस्ता नामबाट पनि चिन्ने गरिन्छ । हिन्दु धममा आस्था राख्नेहरु शिवरात्री पर्व मा बिहानैदेखि नदी कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई पूजा तथा आराधना गर्दछन ।प शु तिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप अखण्डदीप लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ । शिवरात्री पर्व मनाउन स्वदेशी तथा विदेशी तीर्थयात्रीको पशुपतिमा भीड लाग्दछ ।यसैगरी शिवरात्री पर्व देश भरिका शिव मन्दिरहरु कलैयाको सिद्धेश्वर महादेवको मन्दिर, बाराको सहजनाथ मन्दिर, पर्साको महादेवा मन्दिर, महुवनको पारसनाथ मन्दिर, बीरगंज चिनी मिलको पिपरा शिव मन्दिर, नेपालगंजको बागेश्वरी महादेव मन्दिर, खोटाङ्गको हल्लेरी शिव मन्दिर र हेटौडा हुप्राचौरमा रहेको भुवनेश्वर महादेव मन्दिरहरुमा भक्तजन तथा ब्रतालुहरु निकै ठुलो भिड लागेको हुन्छ।पछिल्लो समय शिवरात्री र गाँजा पर्यावबाची जस्तै भएको छ । शिवरात्री सुरु हुने भन्दा २/४ दिन अगाडी नै पशुपतिमा बाबाहरुको चहल पहल बढ्छ । बाबाहरु शिवरात्रीमा पशुपतिनाथको दर्शनसँगै गाँजाको ब्यापार गरेर राम्रो कामाई गर्दा रहेका छन् । चुरोटमा भएको सुर्ती झोरर गाँजा भर्ने र युवाहरुलाई राम्रो मुल्यमा बेच्ने गरेका छन् । उनीहरुले एक खिली गाँजा भरेको चुरोटको १० रुपैयाँदेखि ५० रुपैयाँसम्म लिने गरेका छन् ।
पशुपति विकास कोषले सर्वसाधारणलाई गाँजा खान नदिने भएपनि त्यसको खासै प्रभाव परेको छैन् ।

फाल्गुन कृष्ण चतुर्दशीमा शिवरात्रि पर्व मनाईन्छ। मानिन्छ कि
सृष्टिको प्रारंभमा यसै दिन मध्यरात्रि भगवान् शंकर ब्रह्मासग रुद्रको रूपमा अवतरण भएका थिए। प्रलयको वेलामा यसै दिन प्रदोषको समय भगवान शिव तांडव गर्दै ब्रह्मांडलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्दछन्। यसैकारण उनलाई महाशिवरात्रि अथवा कालरात्रि भनियो। तीनै भुवनहरुको अपार सुंदरी तथा शीलवती गौरांलाई अर्धांगिनी बनाउने वाला शिव प्रेतहरु र पिशाचहरुबाट घेरिएर रहन्छन्। उनको रूप बडो अजीव छ। शरीरमा मसानको भस्म, गलामा सर्पहरुको हार, कंठमा विष, जटाहरुमा जगत-तारिणी पावन गंगा तथा माथामा प्रलयंकर ज्वाला छ। साडेलाई वाहनको रूपमा स्वीकार गर्ने वाला शिव अमंगल रूप भएर पनि भक्तहरुलाई मंगल गर्दछन र श्री-संपत्ति प्रदान गर्दछन्।