
संसदीय निर्वाचनमा भक्तबहादुुरलाई जिताउनका लागि के मात्रै गरेनौं र ! भैंसी काटेर गाउँलेलाई भोज खुवाइएन कि ! दलले दिएको पैसा गाउँलेलाई बाँडिएन कि ! त्यतिमात्र कहाँ हो र ! मतदानकेन्द्र पूरै कब्जा गरेर विपक्षीलाई भोट हाल्नै दिइएन, हामीले दिएको नोट लिनेहरुलाई कम्तिमा चार पटकसम्म भोट हाल्न लगाइयो । हुन पनि भक्तबहादुरको आफू सांसद भएपछि कम्तिमा तीन महिनामा एकचोटि आएर गाउँका पीडा सरकारसमक्ष...