Dambar Poudel
समुन्द्रको छाल जस्तैः , तरंग भो मन
बिबसताले बाधी ल्यायो , के गर्नु लौ भन ?
छाती चिरी देखाइदिन्थे , मुरी मुरी माया
निदाउदा नि सपनिमा , देख्छु तिम्रै छायाँ |

गैह्रीखेत मिर्मिरेमा , चलिरहने बतास
कामै पाइन स्वदेशमा , मन भयो हतास
छोरा छोरी स्कुलमा ,अस्पतालमा आमा
हात मुख जोर्नै पर्ने , बालबच्चालाई जामा |

डाडा पाखा रमाइला छन् , हरिया छन् बन
सोचि आए बिदेशमा , कमिन्छ कि धन
साहुको ऋण तिरिसके , अब फिर्नु पर्ला
दु:ख जिलो गर्दा त्यहा , दुई छाक अब टर्ला |

तातो घाम दिनभरी , पोले पनि छाती
संगाल्नेछु मेरी प्यारी , जीन्दगीको पाटी
बरु खान्छु साग सिस्नो , नेपाल आफ्नै घर
खानी खोस्री उब्जाई अन्न , पर्छु त्यही भर ||

उडिरहेका ती भुवाहरु सोच्दाहुन्
भ्यागुतको लागि कुवाहरु सोच्दाहुन्...
के पायौ र छोरो जन्माएर हामीले?
हेपिएका आमा-बुवाहरु सोच्दाहुन्....
ठक्करहरु आइरहन्छन जिन्दगीमा!
बगरसगै बालुवाहरु सोच्दाहुन्.....
जे जस्तो भए पनि देश त देश हो
यी बारालिएका युवाहरु सोच्दाहुन ..@Babu Tirpathi



  • मोरी घरभेटिकि छोरि
    उत्ताउली,मसक्कली मोरी

    यता हेरे उता हेर्छे उता हेरे यता
    जबानिले उर्लेकी छे नखर्मौली मोरी

    यसो हेरे जिस्काउछे,पर्ल्लक-पुर्ल्लुक गर्छे
    चुइगम पड्काउदै कानै नेर आउछे मोरी

    बाउको आखा छली भने के-के गर्छे
    मेरै रुममा आउछे अनि राजा मलाइ भन्छे

    जबानीको मदहोसिमा डुबेकी छ मोरी
    डिस्को जान्छे ,बियर खान्छे ,मुख ल्याएर मेरै गालामा जोत्छे

    डार्लिंग,डियर,राजा,बाबा के-के भन्छे-भन्छे
    कलेज हिड्छे,फिलिम हाल जान्छे .मोरी

    पिजा,बर्गर खानै पर्ने कस्तो होला बनि ?
    मोरी घरभेटिकि छोरि .....

धेरै धेरै माया खोजे, तिरस्कारले चोट दियो
जीवन दिने एउटै रैछ, यही मलाई प्यारो लाग्यो
याद आउँदा उसको जब, मेटिदिन तँ नै आउँथिस्
कहिले लरबराउँदै हिंड्ने, कहिले बादलसंगै उड्ने
न त दिनको भोक प्यास, न त रातको निद्रा
याद अब छैन उसको, मात्र यसको आशा
रहेसम्म जीवन मेरो, यही एउटा माया भयो
भुलिदिंदा सारा संसार नशा नै मलाई प्यारो लाग्यो.

तेरो मेरो लुछाचुडी च्याट्टै छोडे की त नेताहरु,,
देशका निम्ति हातमा हात जोडे की त नेताहरु,,

हल्ला सुन्छु फेरी एउटा सहमति गरे अरे,,
एक-अर्का बिचको दिबार फोडे कि त नेताहरु,,

सधै भन्छन गम्भिर छौ सहमति खोजि रा'छौ,,
असहमतिको शृंखला तोडे कि त नेताहरु,,

तिथि मिति तोकी फेरी अपुरा काम पुरा गर्न,,
संबिधानमा आफ्नो ध्यान मोडे कि त नेताहरु,,


रातभर सपना बुनेर बसें
कहाँ के मिलेन कुन्नि !
बिहानभर मिलाई बसें

कुनै बेला आकार न मिले झैं
कुनै बेला यसका बुट्टा
म दिनभर सपना केलाई बसें

कुनै बेला रंग न मिलेको झैं
कहाँ कसरी खुइलिए कुन्नि !
हातभरि रंग रंगाई बसें

कुनै बेला उदास लागे
कुनै बेला निरास लागे
आँखालाई कुराई बसें

गोधुली साँझ रंगहीन फुश्रो
रात डरलाग्दो झं अँध्यारो
फेरि सपनालाई बोलाई बसें

....रातभर सपना बुनेर बसें
कहाँ के मिलेन कुन्नि !
बिहानभर मिलाई बसें .....

लगाउँदिन माया भन्दा बबाल उस्तै उस्तै
आँफै दिन्छौ धोका अनि सबाल उस्तै उस्तै

मन बहकाउने साथी अर्को नभेटुन्जेलसम्म
फकाउन लायौ अनेक दलाल उस्तै उस्तै

हुन खोज्थेँ जब टाढा, सताउन मलाई
खोज्यौ आँफैलाई गर्न हलाल उस्तै उस्तै

अर्कोलाई बिर्साउन मलाई रोज्या' रैछौ
देखाउन राख्यौ फोटो, कबाल उस्तै उस्तै ।

मुक्तक
फाली छोडी सियो रोज्ने कस्तो बानी तिम्रो
गुदी दीदा बियो रोज्ने कस्तो बानी तिम्रो

अपूर्ण भै के को नै काम आउछ र ?
बिना तेल को दियो रोज्ने कस्तो बानी तिम्रो


तिन दसक देखी
आजसम्म कबिता लेखिरहेछु
विस्मित भएर कहिलेयै लेखिन
म फैलिएको देखेर
उसले
मलाइ सिफलको रुखमा
उदोमुन्टो लगाएर झुन्दायीदियो
चारै तिर बाट
म माथि आक्रमण गरिरहेछन
धेरै कबिता लेखनु पर्ने बेला
एउता बाजले
नराम्रो संग ठुंगो
म आफनै काममा ब्यस्त भएको बेला
मेरो टाउकोमा
ढुंगा प्रहार गर्यो
घाइते बनाउन

मेरो घरमै आएको छैन
कसरी मेरो अनुसन्धान गर्यो
उसको किताब हेरेर
तिन बल्दयंग खाए
जसलाई म प्रति दया छैन
मेरो सिष्टाचार कसरि गर्न सक्क्छ
म दर्सन मा विश्वास गर्ने मान्छे
मेरो मुटुले
कसरी पत्याउने
उसले मलाइ कसरी गोडयो
खिन्न अनुभब गरे
केहि मान्छे दंग थिए
उसको सैलिमा तरर तालि बजाए
मेरा कामहरुमा
म निकै ब्यस्त थिए
सिल्लीहरु मलाइ झम्ती रहेका थिए
भर्खरमात्र पसेका मुसाहरुले
मालेमा कुरा गर्दा
चित्त दुख्यो मेरो
सोचे गम्भीर भएर
होशियारिपुर्बक अघि बद्नेछु
मैले दिएको पुस्तक बाट सारेर
ऊ अन्बेस्क बनिरहेछ
मलाई लाज लागो
घनता घर निर मुख छोपे
सबै केटाहरु
मेरो अगाडी धुवाझई उडिरहे
म आफनै ताल मा दगुरिर्हे
उसले दिएको दुखः हरु
सहदै
ति मान्छे हरुलाई भने
अझै कसको गल्ति हो
अन्बेसंन गर