अनलाइन सर्च इन्जिन गुगलले आफ्नो महत्वपूर्ण प्रोजेक्टका लागि कुख्यात ह्याकर जर्ज हत्जलाई नियुक्त गरेको छ ।
उनको नियुक्ति प्रोजेक्ट ‘जिरो’ को लागि गरिएको हो, वास्तवमा गुगलले क्रिटिकल बग्स अर्थात् प्राविधिक गडबडीहरु र अतिसंवेदनशील भाइरसमाथि नजर राख्नाका लागि एउटा समूह बनाएको छ र यसमा संसारको कुख्यात ह्याकरलाई पनि समावेश गरिएको छ ।
२४ वर्षीय हत्ज प्राजेक्ट जिरोका लागि आबद्ध हुनेछन् । यो प्रोजेक्टले गुगलको मात्र होइन कुनै पनि सफ्टवेयरको प्राविधिक गडबडीलाई पहिचान गर्नसक्छ ।
गुगल गडबडीका लागि जिम्मेवार भाइरसको एउटा डाटाबेस प्रकाशित गरिने बताइएको छ ।

0 comments :

Post a Comment