संसदीय निर्वाचनमा भक्तबहादुुरलाई जिताउनका लागि के मात्रै गरेनौं र ! भैंसी काटेर गाउँलेलाई भोज खुवाइएन कि ! दलले दिएको पैसा गाउँलेलाई बाँडिएन कि ! त्यतिमात्र कहाँ हो र ! मतदानकेन्द्र पूरै कब्जा गरेर विपक्षीलाई भोट हाल्नै दिइएन, हामीले दिएको नोट लिनेहरुलाई कम्तिमा चार पटकसम्म भोट हाल्न लगाइयो । हुन पनि भक्तबहादुरको आफू सांसद भएपछि कम्तिमा तीन महिनामा एकचोटि आएर गाउँका पीडा सरकारसमक्ष पेस गर्ने प्रतिबद्धता हाम्रो कानमा गुञ्जिरहेको थियो । मानौं, भक्तबहादुरको अन्धोभक्त नै थियौं हामी । भक्तबहादुर अत्याधिक बहुमतले विजयी भएर सांसद बने  । सरकारमा उनकै दल गयो ।

            हामीले चुनावको नतिजा घोषणा हुनासाथ विजयजुलुस निकाल्यौं । मध्य रातमा मस्त निदाएका गाउँलेहरुलाई जुलुसमा लिएर हिंडियो । भोलिपल्ट भव्य भोज भयो । अब तीन महिना बित्न पनि हाम्रा लागि तीन वर्षजत्तिकै लाग्न थाल्यो । तीन महिना बित्ला र वर्षौंअघि गाडिएको विजुलीको खम्बाले मूर्तरुप पाऊला भन्ने आशा थियो हामीमा । हामीमा वर्षौंअघि हिउँदमा ट्रयाक्टर हिंड्ने गरी बनेको कच्ची सडकमा कम्तिमा बस जान सक्ने होला भन्ने भरोसा थियो । तीन, छ, नौ, बाह्र हँदै धेरै महिनाहरु बिते तर भक्तबहादुरको पाइला गाउँतिर सोझिएन । उनका लागि चुनाव प्रचारप्रसार गर्ने अभियानमा सक्रिय हामी दुुईचार जनालाई सोझा गाउँलेहरु राजनीतिक चेतनाका साथ गाली गर्न थाले, सबै आक्रोश पोख्न थाले । त्यसपछि हामी नै सोंचमग्न भयौं र छलफलमा जुट्यौं । छलफलबाट निष्कर्ष निस्क्यो– गाउँको विद्यालयको वाषर््िाकोत्सवमा प्रमुख अतिथि बनाएर सांसद भक्तलाई बोलाउने र सबै आक्रोशहरु पोख्ने ! प्रस्ताव लिएर हामी गयौं सांसद निवासतर्फ । तर, बिडम्बना ! सांसद भक्तबहादुर अहिले फुुर्सद नभएको र एक महिनापछि आफैं आउने आश्वासन दिएर हाम्रो टोलीलाई फिर्ता पठाउन सफल भए । गाउँलेहरु त्यसै थचमरिन बाध्य भए ।
        
             ठ्याक्कै आठ वर्षपछि भक्तबहादुर गाउँ आए । कतिपयले उनलाई ठम्याउन सकेनन् । उनी पहिलेजस्तो सुईखुट्टे थिएनन् । उनको काया पूरै फेरिएको थियो । चिन्नेहरुले पनि नचिनेको अभिनय गरे । यसपालि  उनले गाउँमा न घोषणापत्र छर्न पाए, न त प्रतिबद्धता गर्न नै भ्याए किनकी  भक्तबहादुरको  अन्धोभक्त भएबापत पाएको सास्तीबाट उनीहरुमा राम्ररी चेतनाको बिजाङ्कुरण भइसकेको थियो । 


        
                                                               – रुपिन्द्र प्रभावी ‘कटु’
                                                 समिभञ्ज्याङ्ग–५,लमजुङ हालः पोखरा









Rab se yahi duaa hai hamari
Aap khushi k liye nahi,khushi aap ke liye tarse
Wish u happy holi.

May d fire of holi purify ur heart... May d colours, colour ur life... May d sweets, sweeten d journey of ur life..
I wish ur and ur family very happy holi.

Bright colors, water balloons, lavish gujiyas and melodious songs are the ingredients of perfect Holi. Wish you a very happy and wonderful Holi. 



May god gift u all the colors of life, colors of joy, colors of happiness, colors of friendship, colors of luv n all other colors u want to paint in ur life. Happy Holi. 

Just like a red rose that fills the world with beauty & fragrance… You have made my life so beautiful by being in it. On Holi, the festival of colors & joy I wanna say thank you for all the love & smiles you've brought to my life. Happy Holi

Rang udaye Pichkari rang se rang jaye duniya sari holi ke rang
aapke jeevan ko rang de ye shubha kaana hai hamari.
HAPPY HOLI 





Rango K Tyohaar Mein Sabhi Rango Ki Ho Bharmaar,Dhher Saari Khushiyo Se Bharaa Ho Aapka Sansaar,Yahi Duaa hai Bhagwan Se Hamaari Har baar,Holi Mubarak Ho!!!!

Makki ki Roti, Nimbu ka Aachar, Suraj Ki Kirne, Khushiyo ki Bahar, Chand Ki Chandi, Apno ka Pyar, Mubarak Ho Aapko, HOLI ka Tyohar

Radha ke rang aur kanhaiyya ki pichkari,Pyaar k rang se rang do duniya saari..Ye rang na jaane koi majhab na boli, Mubarak ho aapko khushiyon bhari holi..HAPPY HOLI

Rango Ki Varsha , Gulal Ki Fuvar, Suraj Ki Kirne , Khushiyo Ki bahar, Chandan Ki Khushboo , Apno ka Pyaar, Mangalmay ho aapka Rango Ka Tyohar HAPPY HOLI......

May God gift you all the colors of life,
colors of joy, colors of happiness,
colors of friendship, colors of love

and all other colors you
want to paint in your life. Happy Holi.





 


Pyaar k rang se rango pichkari,
Sneh k rang se rang do duniya sari..
Ye rang jaante hain bas pyaar ki boli,
 
Aapko hamari taraf se happy holi

Peace from white,
Power from red,
Knowledge from yellow,
   
Development from green,
Luv from pink..
May this holi add all colors in ur life..
WISH U HAPPY HOLI



Holi par rang barse
or
Aap k uper apno ka
pyar barse,


शिवरात्री पर्व भगवान् शिवको पूजा तथा आराधना गरी नेपालभर मनाइँदैछ । हिन्दु धर्मका अनुसार शिवजी उत्पत्ति भएको रातबाट यो पर्व शुरु भएको मानिन्छ । यसलाई कालरात्रि, मोहरात्री, सुखरात्री र शिवरात्रीजस्ता नामबाट पनि चिन्ने गरिन्छ । हिन्दु धममा आस्था राख्नेहरु  शिवरात्री पर्व  मा  बिहानैदेखि नदी कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई पूजा तथा आराधना गर्दछन ।प शु तिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप अखण्डदीप लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ । शिवरात्री पर्व मनाउन  स्वदेशी तथा विदेशी तीर्थयात्रीको पशुपतिमा भीड लाग्दछ ।यसैगरी  शिवरात्री पर्व  देश भरिका शिव मन्दिरहरु कलैयाको सिद्धेश्वर महादेवको मन्दिर, बाराको सहजनाथ मन्दिर, पर्साको महादेवा मन्दिर, महुवनको पारसनाथ मन्दिर, बीरगंज चिनी मिलको पिपरा शिव मन्दिर, नेपालगंजको बागेश्वरी महादेव मन्दिर, खोटाङ्गको हल्लेरी शिव मन्दिर र हेटौडा हुप्राचौरमा रहेको भुवनेश्वर महादेव मन्दिरहरुमा भक्तजन तथा ब्रतालुहरु निकै ठुलो भिड लागेको हुन्छ।पछिल्लो समय शिवरात्री र गाँजा पर्यावबाची जस्तै भएको छ । शिवरात्री सुरु हुने भन्दा २/४ दिन अगाडी नै पशुपतिमा बाबाहरुको चहल पहल बढ्छ । बाबाहरु शिवरात्रीमा पशुपतिनाथको दर्शनसँगै गाँजाको ब्यापार गरेर राम्रो कामाई गर्दा रहेका छन् । चुरोटमा भएको सुर्ती झोरर गाँजा भर्ने र युवाहरुलाई राम्रो मुल्यमा बेच्ने गरेका छन् । उनीहरुले एक खिली गाँजा भरेको चुरोटको १० रुपैयाँदेखि ५० रुपैयाँसम्म लिने गरेका छन् ।
पशुपति विकास कोषले सर्वसाधारणलाई गाँजा खान नदिने भएपनि त्यसको खासै प्रभाव परेको छैन् ।
शिवरात्री पर्व निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, दूधले शिवलिंग अभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्री पर्वलाई पर्वका राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवै प्राप्त हुन्छ भनिन्छ । ब्रह्माले रूद्ररूपी शिव उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्रीमा ठूला साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावनाको व्यक्त गर्ने परम्परा रहेको छ । शिवरात्री पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरणकालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । पूजन वा शिवार्चनमा इशानमूर्तिलाई दूधले स्नान गराइन्छ । अघोरमूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेवमूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ । कतिपयले शिवरात्रीलाई ऋषि बोधोत्सवका रूपमा मनाउने गरेका छन् ।

फाल्गुन कृष्ण चतुर्दशीमा शिवरात्रि पर्व मनाईन्छ। मानिन्छ कि
सृष्टिको प्रारंभमा यसै दिन मध्यरात्रि भगवान् शंकर ब्रह्मासग रुद्रको रूपमा अवतरण भएका थिए। प्रलयको वेलामा यसै दिन प्रदोषको समय भगवान शिव तांडव गर्दै ब्रह्मांडलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्दछन्। यसैकारण उनलाई महाशिवरात्रि अथवा कालरात्रि भनियो। तीनै भुवनहरुको अपार सुंदरी तथा शीलवती गौरांलाई अर्धांगिनी बनाउने वाला शिव प्रेतहरु र पिशाचहरुबाट घेरिएर रहन्छन्। उनको रूप बडो अजीव छ। शरीरमा मसानको भस्म, गलामा सर्पहरुको हार, कंठमा विष, जटाहरुमा जगत-तारिणी पावन गंगा तथा माथामा प्रलयंकर ज्वाला छ। साडेलाई वाहनको रूपमा स्वीकार गर्ने वाला शिव अमंगल रूप भएर पनि भक्तहरुलाई मंगल गर्दछन र श्री-संपत्ति प्रदान गर्दछन्।




























भ्यालेन्टाइन डे, अर्थात प्रणय दिवस । कहाँवाट कसरि शुरु भयो, कथा हाल्न आवश्यक नहोला । हेर्दाहेर्दै नेपालमा पनि भ्यालेन्टाइन डे को चर्चा निकै चल्न थालेको छ । कहिलेवाट कसरि छिर्यो नेपालमा भ्यालेन्टाइन डे, तर पनि जहाँवाट जसरि छिरेपनि युवापुस्ताविच यो दिवसले लोकप्रियता पाउँदै गएको छ ।

१४ फ्रेव्रवरी आएपछि म जहिले पनि मेरा ति मित्रलाई सम्झने गर्दछु । उनले आफ्नी प्रेमीकालाई प्रेम प्रस्ताव राख्दाको क्षण । भित्रैवाट माया गर्थे उनी, उनलाई । तर भन्न नसक्ने । सायद सच्चा माया गर्नेहरुको कमजोरी यहिनै होला । मुखै खोलेर भन्न नसकेपछि उनले पत्र मार्फत आफ्नों भावना प्रकट गर्ने विचार गरे । पत्रमा आफ्ना भावनाहरु पोखे । फेरी त्यो पत्र आँफैले उनको हातमा हाल्न पनि कहाँ सके र ? साथीलाई गुहारे त्यसका लागि । साथीले पनि वहादुरीका साथ त्यो प्रेम पत्र उनकै हातमा हालिदिने वाचा गरे । तर.......जव ति मित्र उनको सामु पुगे, डरले थरथरी काप्दै जसोतसो खल्तिवाट झिकेर उनको हातमा थमाइदिए । तर उनले, उनको हातमा वलवान सुर्ती दिएका रहेछन् । यो कुरा धेरै पछि थाह भयो । उनले अर्को खल्तिमा प्रेम पत्र राखेका रहेछन् । विचरा मेरा ति मित्र । वलवान सुर्तिले पनि काँहि भावना व्यक्त हुन्छ ? कसरी लभ परोस विचराको ।

वास्तवमा म तिमिलाई माया गर्छु भन्न पनि सजिलो छैन । अनि आइ लभ यु भनेर भन्दैमा फेरी त्यसको अर्थ रहि हाल्ला भनेर भन्न पनि नमिल्ला । कुरै गर्ने हो भने कसैले कसैलाई माया गर्नु आइ लभ यु भन्नु वा म तिमिलाई माया गर्छु भन्ने अभिव्यक्ति संग जोड्न नमिल्ला । ‘माया’ भन्ने कुरा होइन गर्ने हो । कसैलाई माया गर्दा भनेर गर्न आवश्यक छैन । माया पाउनेले अनुभुति गर्ने कुरा हो यो । तर अहिले आइ लभ यु भनेपछि माया वस्यो । उसले पनि आई लभ यु टु भनेपछि सकियो । अनि..... डेटिङ्ग ।

प्रसंग भ्यालेन्टाइन डे को । कसैलाई प्रेम प्रस्ताव राख्न वा माया गर्न वा मायाको शुरुवात गर्न भ्यालेन्टाइन डे को आवश्यक पर्छ जस्तो लाग्दैन । यो जहिले जहाँ जो संगपनि हुन सक्छ । अर्को एक वास्तविक प्रसंग–अफिस तिर जाँदै गर्दाको दृष्य । एक जोडि विहानै सायद पोखराको वसुन्धरा पार्क तर्फै लागेका थिए । एकले अर्काको कम्मरमा पछाडिवाट हात जोडेर । दिनभर उनीहरुले प्रणय दिवस मनाए कसरि, कसरि । झिसमिसे साँझमा फर्कने वेलामा उनीहरु झगडा गर्दै थिए । सडकमै । म पनि अफिसवाट फर्कदै थिएँ । यो कस्तो प्रणय दिवस ?? साँस्कृती, विकृती वा रमाइलो ????