भ्यालेन्टाइन डे, अर्थात प्रणय दिवस । कहाँवाट कसरि शुरु भयो, कथा हाल्न आवश्यक नहोला । हेर्दाहेर्दै नेपालमा पनि भ्यालेन्टाइन डे को चर्चा निकै चल्न थालेको छ । कहिलेवाट कसरि छिर्यो नेपालमा भ्यालेन्टाइन डे, तर पनि जहाँवाट जसरि छिरेपनि युवापुस्ताविच यो दिवसले लोकप्रियता पाउँदै गएको छ ।

१४ फ्रेव्रवरी आएपछि म जहिले पनि मेरा ति मित्रलाई सम्झने गर्दछु । उनले आफ्नी प्रेमीकालाई प्रेम प्रस्ताव राख्दाको क्षण । भित्रैवाट माया गर्थे उनी, उनलाई । तर भन्न नसक्ने । सायद सच्चा माया गर्नेहरुको कमजोरी यहिनै होला । मुखै खोलेर भन्न नसकेपछि उनले पत्र मार्फत आफ्नों भावना प्रकट गर्ने विचार गरे । पत्रमा आफ्ना भावनाहरु पोखे । फेरी त्यो पत्र आँफैले उनको हातमा हाल्न पनि कहाँ सके र ? साथीलाई गुहारे त्यसका लागि । साथीले पनि वहादुरीका साथ त्यो प्रेम पत्र उनकै हातमा हालिदिने वाचा गरे । तर.......जव ति मित्र उनको सामु पुगे, डरले थरथरी काप्दै जसोतसो खल्तिवाट झिकेर उनको हातमा थमाइदिए । तर उनले, उनको हातमा वलवान सुर्ती दिएका रहेछन् । यो कुरा धेरै पछि थाह भयो । उनले अर्को खल्तिमा प्रेम पत्र राखेका रहेछन् । विचरा मेरा ति मित्र । वलवान सुर्तिले पनि काँहि भावना व्यक्त हुन्छ ? कसरी लभ परोस विचराको ।

वास्तवमा म तिमिलाई माया गर्छु भन्न पनि सजिलो छैन । अनि आइ लभ यु भनेर भन्दैमा फेरी त्यसको अर्थ रहि हाल्ला भनेर भन्न पनि नमिल्ला । कुरै गर्ने हो भने कसैले कसैलाई माया गर्नु आइ लभ यु भन्नु वा म तिमिलाई माया गर्छु भन्ने अभिव्यक्ति संग जोड्न नमिल्ला । ‘माया’ भन्ने कुरा होइन गर्ने हो । कसैलाई माया गर्दा भनेर गर्न आवश्यक छैन । माया पाउनेले अनुभुति गर्ने कुरा हो यो । तर अहिले आइ लभ यु भनेपछि माया वस्यो । उसले पनि आई लभ यु टु भनेपछि सकियो । अनि..... डेटिङ्ग ।

प्रसंग भ्यालेन्टाइन डे को । कसैलाई प्रेम प्रस्ताव राख्न वा माया गर्न वा मायाको शुरुवात गर्न भ्यालेन्टाइन डे को आवश्यक पर्छ जस्तो लाग्दैन । यो जहिले जहाँ जो संगपनि हुन सक्छ । अर्को एक वास्तविक प्रसंग–अफिस तिर जाँदै गर्दाको दृष्य । एक जोडि विहानै सायद पोखराको वसुन्धरा पार्क तर्फै लागेका थिए । एकले अर्काको कम्मरमा पछाडिवाट हात जोडेर । दिनभर उनीहरुले प्रणय दिवस मनाए कसरि, कसरि । झिसमिसे साँझमा फर्कने वेलामा उनीहरु झगडा गर्दै थिए । सडकमै । म पनि अफिसवाट फर्कदै थिएँ । यो कस्तो प्रणय दिवस ?? साँस्कृती, विकृती वा रमाइलो ????