मैले चाहे अगालोमा तिमी आइ बस्तौ होला
कलेजिको छेउमै राखी लगन गाथो कस्तौ होला । ।
कलेजिको छेउमै राखी लगन गाथो कस्तौ होला । ।
पश्चिमा खुला समाज र डिजिटल प्रविधिको सुविधाबाट प्रेरित नेपाली युवाहरू आफ्नै अश्लील भिडियो रेकर्ड गरी आनन्द लिँदैछन् । सहरिया तन्नेरीहरू मात्र होइन, ग्रामीण युवायुवतीहरूसमेत यौन स्वच्छन्दताको राजमार्गमा खुला विचरण गरिरहेका छन् साइबर क्याफेको च्याटको कुनो, फेसबुकमार्फत फोन साटासाट गरेर घण्टौं फोनसेक्समा आनन्द लिनेहरू पनि छन् । रातभर वेबक्यामको सहायताले भिडियो सेक्सको आनन्द लिने, घण्टौं पोर्नोसाइट एवं आफ्नै अश्लील चलचित्रको स्वादमा लिप्त रहने युवायुवतीको संख्या बढ्दै गएको छ । यौनसम्बन्धलाई शारीरिक प्यास मेटाउने माध्यमका रूपमा मात्र लिनेहरूको जमात बढिरहेको छ । डान्सबार र रेस्टुराँहरूमा पुग्ने र स्टेजमा नर्तकीले लुगा फुकाल्दै जाँदा जिब्रो टोक्ने नेपाली युवाहरू नेपाली जोडीको रतिक्रीडा हेर्दै रमाउन थालेका छन् । उनीहरू पश्चिमा शैलीका अश्लील भिडियोहरूभन्दा लजालु नेपाली युवतीसँग रेकर्ड गरिएका अश्लील चलचित्रतिर आकषिर्त हुँदैछन् । यस्ता चलचित्र केही नितान्त व्यक्तिगत मनोरञ्जन र केही व्यवसायिक हिसाबले बनाइएका छन्, जसलाई डिजिटलमय प्रविधिले सबैको हातहातमा पुर्याएको छ । |