रातभर सपना बुनेर बसें
कहाँ के मिलेन कुन्नि !
बिहानभर मिलाई बसें
कुनै बेला आकार न मिले झैं
कुनै बेला यसका बुट्टा
म दिनभर सपना केलाई बसें
कुनै बेला रंग न मिलेको झैं
कहाँ कसरी खुइलिए कुन्नि !
हातभरि रंग रंगाई बसें
कुनै बेला उदास लागे
कुनै बेला निरास लागे
आँखालाई कुराई बसें
गोधुली साँझ रंगहीन फुश्रो
रात डरलाग्दो झं अँध्यारो
फेरि सपनालाई बोलाई बसें
....रातभर सपना बुनेर बसें
कहाँ के मिलेन कुन्नि !
बिहानभर मिलाई बसें .....
रातभर सपना बुनेर बसें
कहाँ के मिलेन कुन्नि !
बिहानभर मिलाई बसें
कुनै बेला आकार न मिले झैं
कुनै बेला यसका बुट्टा
म दिनभर सपना केलाई बसें
कुनै बेला रंग न मिलेको झैं
कहाँ कसरी खुइलिए कुन्नि !
हातभरि रंग रंगाई बसें
कुनै बेला उदास लागे
कुनै बेला निरास लागे
आँखालाई कुराई बसें
गोधुली साँझ रंगहीन फुश्रो
रात डरलाग्दो झं अँध्यारो
फेरि सपनालाई बोलाई बसें
....रातभर सपना बुनेर बसें
कहाँ के मिलेन कुन्नि !
बिहानभर मिलाई बसें .....
RSS Feed
Twitter
Facebook
Friday, November 04, 2011
Samin Timilsina
Posted in
0 comments :
Post a Comment