लगाउँदिन माया भन्दा बबाल उस्तै उस्तै
आँफै दिन्छौ धोका अनि सबाल उस्तै उस्तै
मन बहकाउने साथी अर्को नभेटुन्जेलसम्म
फकाउन लायौ अनेक दलाल उस्तै उस्तै
हुन खोज्थेँ जब टाढा, सताउन मलाई
खोज्यौ आँफैलाई गर्न हलाल उस्तै उस्तै
अर्कोलाई बिर्साउन मलाई रोज्या' रैछौ
देखाउन राख्यौ फोटो, कबाल उस्तै उस्तै ।
RSS Feed
Twitter
Facebook
Friday, November 04, 2011
Samin Timilsina
Posted in
0 comments :
Post a Comment