Friday, November 11, 2011
Samin Timilsina
उडिरहेका ती भुवाहरु सोच्दाहुन्
भ्यागुतको लागि कुवाहरु सोच्दाहुन्...
के पायौ र छोरो जन्माएर हामीले?
हेपिएका आमा-बुवाहरु सोच्दाहुन्....
ठक्करहरु आइरहन्छन जिन्दगीमा!
बगरसगै बालुवाहरु सोच्दाहुन्.....
जे जस्तो भए पनि देश त देश हो
यी बारालिएका युवाहरु सोच्दाहुन ..@Babu Tirpathi
Friday, November 04, 2011
Samin Timilsina
मोरी घरभेटिकि छोरि
उत्ताउली,मसक्कली मोरी
यता हेरे उता हेर्छे उता हेरे यता
जबानिले उर्लेकी छे नखर्मौली मोरी
यसो हेरे जिस्काउछे,पर्ल्लक-पुर्ल्लुक गर्छे
चुइगम पड्काउदै कानै नेर आउछे मोरी
बाउको आखा छली भने के-के गर्छे
मेरै रुममा आउछे अनि राजा मलाइ भन्छे
जबानीको मदहोसिमा डुबेकी छ मोरी
डिस्को जान्छे ,बियर खान्छे ,मुख ल्याएर मेरै गालामा जोत्छे
डार्लिंग,डियर,राजा,बाबा के-के भन्छे-भन्छे
कलेज हिड्छे,फिलिम हाल जान्छे .मोरी
पिजा,बर्गर खानै पर्ने कस्तो होला बनि ?
मोरी घरभेटिकि छोरि .....
Friday, November 04, 2011
Samin Timilsina
धेरै धेरै माया खोजे, तिरस्कारले चोट दियो
जीवन दिने एउटै रैछ, यही मलाई प्यारो लाग्यो
याद आउँदा उसको जब, मेटिदिन तँ नै आउँथिस्
कहिले लरबराउँदै हिंड्ने, कहिले बादलसंगै उड्ने
न त दिनको भोक प्यास, न त रातको निद्रा
याद अब छैन उसको, मात्र यसको आशा
रहेसम्म जीवन मेरो, यही एउटा माया भयो
भुलिदिंदा सारा संसार नशा नै मलाई प्यारो लाग्यो.
जीवन दिने एउटै रैछ, यही मलाई प्यारो लाग्यो
याद आउँदा उसको जब, मेटिदिन तँ नै आउँथिस्
कहिले लरबराउँदै हिंड्ने, कहिले बादलसंगै उड्ने
न त दिनको भोक प्यास, न त रातको निद्रा
याद अब छैन उसको, मात्र यसको आशा
रहेसम्म जीवन मेरो, यही एउटा माया भयो
भुलिदिंदा सारा संसार नशा नै मलाई प्यारो लाग्यो.
Friday, November 04, 2011
Samin Timilsina
तेरो मेरो लुछाचुडी च्याट्टै छोडे की त नेताहरु,,
देशका निम्ति हातमा हात जोडे की त नेताहरु,,
हल्ला सुन्छु फेरी एउटा सहमति गरे अरे,,
एक-अर्का बिचको दिबार फोडे कि त नेताहरु,,
सधै भन्छन गम्भिर छौ सहमति खोजि रा'छौ,,
असहमतिको शृंखला तोडे कि त नेताहरु,,
तिथि मिति तोकी फेरी अपुरा काम पुरा गर्न,,
संबिधानमा आफ्नो ध्यान मोडे कि त नेताहरु,,
देशका निम्ति हातमा हात जोडे की त नेताहरु,,
हल्ला सुन्छु फेरी एउटा सहमति गरे अरे,,
एक-अर्का बिचको दिबार फोडे कि त नेताहरु,,
सधै भन्छन गम्भिर छौ सहमति खोजि रा'छौ,,
असहमतिको शृंखला तोडे कि त नेताहरु,,
तिथि मिति तोकी फेरी अपुरा काम पुरा गर्न,,
संबिधानमा आफ्नो ध्यान मोडे कि त नेताहरु,,
Friday, November 04, 2011
Samin Timilsina
रातभर सपना बुनेर बसें
कहाँ के मिलेन कुन्नि !
बिहानभर मिलाई बसें
कुनै बेला आकार न मिले झैं
कुनै बेला यसका बुट्टा
म दिनभर सपना केलाई बसें
कुनै बेला रंग न मिलेको झैं
कहाँ कसरी खुइलिए कुन्नि !
हातभरि रंग रंगाई बसें
कुनै बेला उदास लागे
कुनै बेला निरास लागे
आँखालाई कुराई बसें
गोधुली साँझ रंगहीन फुश्रो
रात डरलाग्दो झं अँध्यारो
फेरि सपनालाई बोलाई बसें
....रातभर सपना बुनेर बसें
कहाँ के मिलेन कुन्नि !
बिहानभर मिलाई बसें .....
रातभर सपना बुनेर बसें
कहाँ के मिलेन कुन्नि !
बिहानभर मिलाई बसें
कुनै बेला आकार न मिले झैं
कुनै बेला यसका बुट्टा
म दिनभर सपना केलाई बसें
कुनै बेला रंग न मिलेको झैं
कहाँ कसरी खुइलिए कुन्नि !
हातभरि रंग रंगाई बसें
कुनै बेला उदास लागे
कुनै बेला निरास लागे
आँखालाई कुराई बसें
गोधुली साँझ रंगहीन फुश्रो
रात डरलाग्दो झं अँध्यारो
फेरि सपनालाई बोलाई बसें
....रातभर सपना बुनेर बसें
कहाँ के मिलेन कुन्नि !
बिहानभर मिलाई बसें .....
Friday, November 04, 2011
Samin Timilsina
लगाउँदिन माया भन्दा बबाल उस्तै उस्तै
आँफै दिन्छौ धोका अनि सबाल उस्तै उस्तै
मन बहकाउने साथी अर्को नभेटुन्जेलसम्म
फकाउन लायौ अनेक दलाल उस्तै उस्तै
हुन खोज्थेँ जब टाढा, सताउन मलाई
खोज्यौ आँफैलाई गर्न हलाल उस्तै उस्तै
अर्कोलाई बिर्साउन मलाई रोज्या' रैछौ
देखाउन राख्यौ फोटो, कबाल उस्तै उस्तै ।
Friday, August 26, 2011
Samin Timilsina
तिन दसक देखी
आजसम्म कबिता लेखिरहेछु
विस्मित भएर कहिलेयै लेखिन
म फैलिएको देखेर
उसले
मलाइ सिफलको रुखमा
उदोमुन्टो लगाएर झुन्दायीदियो
चारै तिर बाट
म माथि आक्रमण गरिरहेछन
धेरै कबिता लेखनु पर्ने बेला
एउता बाजले
नराम्रो संग ठुंगो
म आफनै काममा ब्यस्त भएको बेला
मेरो टाउकोमा
ढुंगा प्रहार गर्यो
घाइते बनाउन
ऊ
मेरो घरमै आएको छैन
कसरी मेरो अनुसन्धान गर्यो
उसको किताब हेरेर
तिन बल्दयंग खाए
जसलाई म प्रति दया छैन
मेरो सिष्टाचार कसरि गर्न सक्क्छ
म दर्सन मा विश्वास गर्ने मान्छे
मेरो मुटुले
कसरी पत्याउने
उसले मलाइ कसरी गोडयो
खिन्न अनुभब गरे
केहि मान्छे दंग थिए
उसको सैलिमा तरर तालि बजाए
मेरा कामहरुमा
म निकै ब्यस्त थिए
सिल्लीहरु मलाइ झम्ती रहेका थिए
भर्खरमात्र पसेका मुसाहरुले
मालेमा कुरा गर्दा
चित्त दुख्यो मेरो
सोचे गम्भीर भएर
होशियारिपुर्बक अघि बद्नेछु
मैले दिएको पुस्तक बाट सारेर
ऊ अन्बेस्क बनिरहेछ
मलाई लाज लागो
घनता घर निर मुख छोपे
सबै केटाहरु
मेरो अगाडी धुवाझई उडिरहे
म आफनै ताल मा दगुरिर्हे
उसले दिएको दुखः हरु
सहदै
ति मान्छे हरुलाई भने
अझै कसको गल्ति हो
अन्बेसंन गर
आजसम्म कबिता लेखिरहेछु
विस्मित भएर कहिलेयै लेखिन
म फैलिएको देखेर
उसले
मलाइ सिफलको रुखमा
उदोमुन्टो लगाएर झुन्दायीदियो
चारै तिर बाट
म माथि आक्रमण गरिरहेछन
धेरै कबिता लेखनु पर्ने बेला
एउता बाजले
नराम्रो संग ठुंगो
म आफनै काममा ब्यस्त भएको बेला
मेरो टाउकोमा
ढुंगा प्रहार गर्यो
घाइते बनाउन
ऊ
मेरो घरमै आएको छैन
कसरी मेरो अनुसन्धान गर्यो
उसको किताब हेरेर
तिन बल्दयंग खाए
जसलाई म प्रति दया छैन
मेरो सिष्टाचार कसरि गर्न सक्क्छ
म दर्सन मा विश्वास गर्ने मान्छे
मेरो मुटुले
कसरी पत्याउने
उसले मलाइ कसरी गोडयो
खिन्न अनुभब गरे
केहि मान्छे दंग थिए
उसको सैलिमा तरर तालि बजाए
मेरा कामहरुमा
म निकै ब्यस्त थिए
सिल्लीहरु मलाइ झम्ती रहेका थिए
भर्खरमात्र पसेका मुसाहरुले
मालेमा कुरा गर्दा
चित्त दुख्यो मेरो
सोचे गम्भीर भएर
होशियारिपुर्बक अघि बद्नेछु
मैले दिएको पुस्तक बाट सारेर
ऊ अन्बेस्क बनिरहेछ
मलाई लाज लागो
घनता घर निर मुख छोपे
सबै केटाहरु
मेरो अगाडी धुवाझई उडिरहे
म आफनै ताल मा दगुरिर्हे
उसले दिएको दुखः हरु
सहदै
ति मान्छे हरुलाई भने
अझै कसको गल्ति हो
अन्बेसंन गर
Saturday, May 01, 2010
Samin Timilsina

मोबाइल टेलिफोनको प्रयोगबाट आपराधिक क्रियाकलाप, धम्की, फिरौती रकम माग्ने जस्ता प्रवृत्ति व्यापक रूपमा बढेपछि सरकारले मोबाइल टेलिफोन कम्पनीहरुलाई शंकास्पद नम्बर प्रयोग भएको स्थान पत्ता लगाउने प्रविधि किन्न निर्देशन दिएको छ । आपराधिक क्रियाकलापमा मोबाइल टेलिफोनको प्रयोग वढि भएको देखिएपछि हालै मुख्यसचिव भोजराज घिमिरेले नै टेलिफोन सेवा प्रदायक कम्पनीहरुलाई बोलाएर त्यस्तो सफ्टवेयर किनेर प्रविधि जडान गर्न निर्देशन दिएको जनाइएको छ । नेपाल टेलिकम, स्पाइसएसटिएम सञ्चारका सहित चारवटै मोवाइल सेवा प्रदायक कम्पनिका प्रतिनिधि सहभागी उच्च अधिकारीले सरकारको निर्देशनअनुसार आपराधिक घटना रोकथाम गर्न त्यस्तो प्रविधि जडान गर्ने प्रतिवद्धता जनाएका थिए । नेपाल, युटिएलआपराधिकक्रियाकलापमासंलग्नले मोबाइलटेलिफोनलाई दुरुपयोगगरेर धम्क्याउने अपहरण गर्ने गरिरहदा पनि कहाँ बसेर सम्पर्क भइरहेको छ भनेरपत्ता लगाउने उपकरण अहिलेसम्म मोबाइल टेलिफोन कम्पनीहरुले राखेका छैनन्। हालै ख्याति हत्या प्रकरणमा पनि अभियुक्त विरेन प्रधानले मोबाइल फोनकोप्रयोग गरेर फिरौती रकम असुलेका थिए । मोबाइल फोनबाट तथानाम गाली गर्ने धम्की दिने अपहरणकोयोजनासमेत बनाउने प्रहरीको विभिन्न अनुसन्धानले देखाएको छ । नेपाल टेलिकमसंग मात्र आपराधिकक्रियाकलापमा प्रयोग भएको आशंकामा प्रहरीले दैनिक कम्तीमा आधा दर्जन मोबाइल फोनका ग्राहकको विवरणमाग्ने गरेपनि कुन मोबाइल कहाँबाट प्रयोग भैरहेको छ भन्ने विषयमा भने जानकारी दिन टेलिकमसँग सफ्टवेयरछैन। स्पाइस नेपालले भने केही समयअघि देखिनै यस्तो सेवा सुरु गरिसकेको छ। मेरो मोबाइलको प्रयोग गरेरविशेषगरी तराईमा धम्की फिरौती असुली हुन थालेपछि यो कम्पनीले प्रविधि जडान गरेको हो । यो उपकरणलेशंकास्पद मोबाइल नम्बरबाट भएका कुराकानी स्वचालित रुपमा रेकर्ड समेत गर्नेछ। विदेशमा मोबाइल सेवाप्रदायकहरुले सुरुमै यस्तो उपकरण जडान गरेका हुन्छन् । यद्यपी नेपालकै सबैभन्दा ठूलो र धेरै मोबाइलका ग्राहकरहेको नेपाल टेलिकमले भने अहिलेसम्म यस्तो सफ्टवेयर राखेको छैन ।‘सरकारको निर्देशनअनुसार टेलिकमलेयस्तो उपकरण किन्ने प्रक्रिया अघि बढाइसकेको छ’- टेलिकमका एक उच्च अधिकारीले भने ।
Saturday, May 01, 2010
Samin Timilsina
| पश्चिमा खुला समाज र डिजिटल प्रविधिको सुविधाबाट प्रेरित नेपाली युवाहरू आफ्नै अश्लील भिडियो रेकर्ड गरी आनन्द लिँदैछन् । सहरिया तन्नेरीहरू मात्र होइन, ग्रामीण युवायुवतीहरूसमेत यौन स्वच्छन्दताको राजमार्गमा खुला विचरण गरिरहेका छन् साइबर क्याफेको च्याटको कुनो, फेसबुकमार्फत फोन साटासाट गरेर घण्टौं फोनसेक्समा आनन्द लिनेहरू पनि छन् । रातभर वेबक्यामको सहायताले भिडियो सेक्सको आनन्द लिने, घण्टौं पोर्नोसाइट एवं आफ्नै अश्लील चलचित्रको स्वादमा लिप्त रहने युवायुवतीको संख्या बढ्दै गएको छ । यौनसम्बन्धलाई शारीरिक प्यास मेटाउने माध्यमका रूपमा मात्र लिनेहरूको जमात बढिरहेको छ । डान्सबार र रेस्टुराँहरूमा पुग्ने र स्टेजमा नर्तकीले लुगा फुकाल्दै जाँदा जिब्रो टोक्ने नेपाली युवाहरू नेपाली जोडीको रतिक्रीडा हेर्दै रमाउन थालेका छन् । उनीहरू पश्चिमा शैलीका अश्लील भिडियोहरूभन्दा लजालु नेपाली युवतीसँग रेकर्ड गरिएका अश्लील चलचित्रतिर आकषिर्त हुँदैछन् । यस्ता चलचित्र केही नितान्त व्यक्तिगत मनोरञ्जन र केही व्यवसायिक हिसाबले बनाइएका छन्, जसलाई डिजिटलमय प्रविधिले सबैको हातहातमा पुर्याएको छ । |
एक दशकअघि लुकीलुकी अश्लील चलचित्र हेर्ने नेपालीहरूका कम्प्युटरका हार्डडिक्स, मोबाइल र आइपोडको मेमोरीमा आफ्नै अनुहारका यस्ता चलचित्र प्रशस्त भेटिन थालेका छन् । लुकीलुकी यस्ता चलचित्र बनाउने र शयनकक्षमा त्यसकै सिको गर्नेहरू पनि बढ्दैछन् । यौन र विवाह भन्ने कुरा अहिलेको जोडीलाई धेरै महत्त्वको विषय रहेन । यौनसम्बन्ध लोग्ने वा स्वास्नीसँग मात्र राख्नुपर्ने नेपाली समाजको पुरातन मान्यतामा परिवर्तन आउन थालेको छ । नेपाली समाजमा पारपाचुके र पुनःविवाहले मान्यता पाउने क्रम पनि बढ्दैछ ।
कञ्चनपुरकी एक युवतीले तीन वर्षसम्म लगातार तीन जनासँग सम्बन्ध कायम गरिन् । पोखरा, काठमाडौं र धनगढीका तीन युवकसँगको सम्बन्धपछि उनले अन्ततः काठमाडांैको एक युवकसँग लगनगाँठो कसिन् । उनले विवाह गरेपछि धनगढी र पोखराका युवकले आफ्नी Girl-friend भएको भन्दै बेला-बेलामा भएका शारीरिक सम्बन्धहरूका बारेमा उनका पतिलाई भने, तर उनले सहज रूपमा आफूलाई हिजो जे गरेको भए पनि श्रीमतीका रूपमा स्वीकार्य रहेको बताए । यो श्रीमतीसँग हिँड्दैमा शंका गर्ने नेपाली समाजको परिवर्तित सन्दर्भको परिचायक घटना हो । 'उसले मसँग कैयौं रात बिताएकी छे । शारीरिक सम्बन्ध कति पटक भयो भन्ने गनेर साध्य छैन, तर उसको लोग्नेलाई यसको कुनै परवाह छैन,' उनका एक पूर्व ब्वाइप|mेन्डले बताए ।
यस्ता घटना नेपाली समाजको बदलिएको यौनजीवनका लागि अब नौला कुरा रहेनन् । प्लस टु जीवनका दुई वर्षमा ५ जना Girl friends सँग सयौँ पटक डेटिङ हिँडेका समीर पशुपतिदेखि नगरकोट हुँदै चोभारसम्म पुगेका छन् । समीर भन्छन्, 'आज एक जनासँग गइन्छ भोलि अर्कोसँग जानुपर्छ, के गर्ने एक जनासँगको सम्बन्ध 'लङ लास्टिङ' बनाउन सकिँदैन । उनको विचारमा पछिल्लो जेनेरेसन प्रेम र विवाहको मामिलामा फरक सोच राख्छ । उनको अनुभवमा टिनएजरहरूको सोचमा व्यापक परिवर्तन आएको छ । प्रेम र विवाहको परिभाषा बदलिएको छ । क्षणिक मनोरञ्जनका लागि प्रेम गर्नेहरू बढ्दै गएका छन् । राजधानीका प्लस टुदेखि स्नातक तहका क्याम्पसहरूसम्म यस्तै प्रेमको बोलवाला छ ।
गोदावरीमा सानो खुद्रा पसल चलाएर बसेका हरि बस्नेत प्रेम र यौनप्रति उदार बन्दै गएको नयाँ पुस्ताका बारेमा भन्छन्, 'अब एक अर्कालाई चुम्बन गर्नु, अँगालोमा कस्नु, स्पर्शमा रमाउनु नयाँ कुरा रहेन ।' उनले दैनिक ५० भन्दा बढी जोडी गोदावरी क्षेत्रका रूखहरूमा बसेर मायाप्रीति साट्ने बताउँदै भने, 'रूख र एकान्त परेका खाल्डाहरूमा चुम्बन र स्पर्शमा रमाइरहेका हुन्छन् । ६० वर्ष कटेका बस्नेतले नेपाली युवायुवतीहरूमा केही वर्षयता यस्तो खुलापन निकै बढेको बताए ।
पश्चिमा संस्कृतिप्रति आकषिर्त हुँदै गएको नयाँ पुस्ता यौन स्वच्छन्दताको खोजीमा छ । यौन उत्तेजक औषधीहरू सेवन गरी मसाज सेन्टर र राजधानीका कोठीहरूमा लामो समयसम्म यौनको स्वाद लिनेहरू पनि छन् ।
धरानका विजय सातामा दुई दिन राजधानीका यौनकेन्द्रहरूमा पुग्छन्, जसमा उनी लामो समयसम्म रतिक्रीडामा रहन औषधी सेवन गर्छन् । विजय भन्छन्, 'औषधी प्रयोग गर्दा लामो समयसम्म यौनसम्पर्क गर्न सकिन्छ ।' तर यस्ता कतिपय औषधीले यौनाङ्गलाई कमजोर एवं दुव्यर्सनी बनाउने कुरातिर भने उनी पूरै अनभिज्ञ छन् । पश्चिमी यौनजीवन र अङ्ग्रेजी चलचित्रको अन्धनक्कल गर्ने दुस्साहसी युवाजमातले दीर्घकालीन परिणामलाई भन्दा क्षणिक सन्तुष्टिलाई केन्द्रमा राख्ने हुनाले पनि धेरै युवा विजयकै बाटोमा छन् ।
यौन उदारताको परिणति

उदार यौनजीवनले नेपाली सामाजिक जीवनका हरेक पक्षमा समस्या पनि जन्माइरहेको छ । शारीरिक सम्बन्ध भैसकेपछि कैयौँ युवतीले आत्महत्याको बाटो रोजिरहेका छन् । केटाहरू पनि प्रेममा धोका खाएपछि यही बाटो पछ्याइरहेका छन् ।
असुरक्षित यौनसम्बन्धका कारण पछिल्लो समयमा गर्भ तुहाउनेहरू पनि बढ्न थालेका छन् । १४ वर्षका युवतीहरू पनि गर्भ तुहाउन आएको एक प्रसूति विशेषज्ञले बताए । उनले भने, 'यौन उदारताको परिणति हो यो ।' यसले पनि यौन उदारताले निम्त्याउने परिणामलाई देखाएको छ ।
Subscribe to:
Posts
(
Atom
)
RSS Feed
Twitter
Facebook